प्रदेश नम्बर ४ को पहिलो बैठकमा सांसदले खाए यस्तो कसम

प्रदेश नम्बर ४ को पहिलो बैठकमा सांसदले खाए यस्तो कसम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की – प्रदेशसभाको पहिलो बैठकमा सांसदहरुले प्रदेश ४ लाई सम्बृद्ध प्रदेश बनाउने बाचा गरेका छन् । वाम गठबन्धनका सांसदहरुले भने चुनावी बाचा अनुसार स्थायी सरकार दिने पनि बताएका छन् ।

 

मुख्यमन्त्रीका अर्का दाबेदार सांसद किरण गुरुङले दल सानो ठूलो भएपनि प्रतिस्पर्धी नभई यो प्रदेशलाई कसरी समृद्ध बनाउने भनेर आएको बताए । उनले भने, ‘सत्तापक्ष र प्रतिपक्ष जे भए पनि समृद्ध प्रदेश बनाउनेतिर लाग्नेछौं । मिलेर अघि बढ्ने हो ।’

 

बैठकलाई सम्बोधन गर्दै एमाले सांसद पृथ्वी सुब्बा गुरुङले कोरोला र सुस्ता नाका भएको प्रदेश ४ लाई समृद्ध प्रदेश बनाउन बाचा गरेका छन् । मुख्यमन्त्रीका दाबेदार समेत रहेका उनले वाम गठबन्धनले जनचाहना र बाचा अनुसार स्थायी सरकार दिने बताए । उनले भने, ‘हामी चुनावको बाचा पूरा गर्छौं ।’

 

कांग्रेस सांसद कृष्णचन्द् नेपालीले प्रदेश चारसंग आर्थिक समृद्धिको सम्भावना रहेको बताए । समुन्नत र सम्पन्न प्रदेश बनाउन, भ्रष्टाचार अन्त्य, विधिको शासन स्थापनामा कांग्रेसले सहयोगीको भूमिका निर्वाह गर्ने बताए ।

 

माओवादी केन्द्रका हरिबहादुर चुमानले प्रदेशसभा र स्थानीय तहको अधिकार खोस्ने प्रयत्न भइरहेको भन्दै त्यसविरुद्ध एक भएर लड्ने बताए ।

 

नयां शक्ति पार्टीका सांसद हरिशरण आचार्यले धेरैले प्रतिवद्धता जनाएको तर, पुरा नभएको भन्दै अब बाचा पूरा गर्ने बेला आएको बताए । उनले अब साझा भावना र नयां संकल्पका साथ अघि बढ्न जरुरी रहेको बताए ।

राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले भने दलीय धारणा जस्तै संघीयताको विरोध गरे । यसले मुलुकलाई अप्ठ्यारो अवस्थामा पुर्या्उने उनको चेतावनी छ ।