एमओयू पत्रमा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधनमन्त्री नेपाल आउंदै

एमओयू पत्रमा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधनमन्त्री नेपाल आउंदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल मलेसियाबीच कामदार आदानप्रदानका विषयमा यहि कात्तिक १२ गते समझदारीपत्र (एमओयू) पत्रमा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरन कात्तिक ११ गते नेपाल आउँदैछन्।

एमओयुपत्रमा हस्ताक्षर भएसंगै गत जेठ महिनादेखि बन्द भएको मलेसियामा नेपालीका लागि रोजगारी खुल्ने भएको हो । दुई देशबीच कात्तिक १२ गते एमओयुपत्रम हस्ताक्षर भए पनि कात्तिक अन्तिम सातादेखि मात्र नेपालीहरुलाई मलेसियाका लागि श्रम स्वीकृति जारी हुने श्रम मन्त्रालयले जानएको छ।

मलेसिया सरकारले नेपालबाट श्रमिक आपूर्ति बन्द भएपछि सरकारीस्तरबाटै श्रम सम्झौता (जिटुजी) गरी नयाँ प्रणालीमार्फत कामदार लिने इच्छा राख्दै गत भदौ महिना एमओयूको मस्यौदासहित प्रस्ताव नेपाल पठाएको थियो।

मस्यौदाको ड्राफ्टसहित नेपालका तर्फबाट पहिलो पटक भदौ पहिलो साता जवाफ पठाएको थियो। मस्यौदामा छुटेका र कामदारका हकमा पर्न नसकेका विषयवस्तुलाई समेट्दै पुनःदोस्रो पटक ड्राफ्ट पठाइएको थियो । गत असोज दोस्रो साता मलेसियामा दुवै देशका प्रतिनिधिले ड्राफ्टमा हस्ताक्षर गरेका थिए।