आयरल्याण्ड वुल्भ्सले नेपाल ‘ए’लाई दियो १७५ रनको लक्ष्य

आयरल्याण्ड वुल्भ्सले नेपाल ‘ए’लाई दियो १७५ रनको लक्ष्य


काठमाण्डु – आयरल्याण्ड वुल्भ्सले नेपाल ‘ए’लाई १७५ रनको लक्ष्य दिएको छ ।

शुक्रबार त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको आयरल्याण्ड वुल्भ्सले ३८.४ ओभरमा सबै विकेट गुमाउदै १७४ रन बनाएकाे हाे।

वुल्भ्सका गाभिन होइले सर्वाधिक ५० रन रन बनाए । होइले ९४–७ को नाजुक अवस्थाबाट लियम म्याकार्थीसँग ४८ रनको साझेदारी गर्दै वुल्भ्सलाई सम्मानजनक योगफलतर्फ अघि बढाएका थिए । माकार्थीले ३५ रन थपे । यसबाहेक, कप्तान निल रकले ४५ र पेटर मुरले १७ रन जोडे ।

नेपालका साहब आलम र रिजन ढकालले तीन–तीन विकेट लिए । १० ओभर बलिङ गरेका आलमले एक मेडन राख्दै ३५ रन खर्चिए । मौसम ढकालले दुई विकेट लिदा कमलसिंह ऐरीको नाममा समान एक विकेट रह्यो।

यसअघि एकदिवसीय शृंखलाको पहिलो खेलमा वुल्भ्सविरुद्ध नेपाल ‘ए’ २१ रनले पराजित भएको थियो । आजको खेलपछि शृंखलाको अन्तिम खेल आइतबार हुनेछ ।