काठमाण्डु – एकदिवसीय क्रिकेट खेलमा नेपाल ‘ए’ आयरल्याण्ड वुल्भ्स ‘ए’सँग ११४ रनले पराजित भएको छ ।
आयरल्याण्ड वुल्भ्स ‘ए’ले दिएको १७५ रनको लक्ष्य पच्छ्याएको नेपाल ‘ए’ १६.५ ओभरमा अलआउट हुँदा ६० रन मात्र बनायाे ।
नेपालका लागि भिम सार्कीले १७ र विनोद भण्डारीले १६ रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् । आयरल्याण्ड वुल्भ्स एका लागि म्याथ्यु हम्फ्रेजले ६ विकेट लिए । फिन ह्याण्ड र थोमस मेसले २–२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्याण्ड एले ३८.४ ओभरमा अलआउट हुँदै १७४ रन बनाएको थियो । उसका लागि गानिभ होयले अर्धशतकीय पारी खेले। उनले ५९ बल खेल्ने क्रममा दुई छक्का र पाँच चौकाको सहयोगमा ५० रन बनाए।
प्रतिक्रिया