सिंहदरबार जानै छाडे प्रधानमन्त्री देउवा, बालुवाटारमै बस्छ मन्त्रिपरिषद्को बैठक

सिंहदरबार जानै छाडे प्रधानमन्त्री देउवा, बालुवाटारमै बस्छ मन्त्रिपरिषद्को बैठक


काठमाडौं – पछिल्ला तीन सातादेखि प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी कार्यालय सिंहदरबार जानै छाडेका छन्। तीन साताको अवधिमा प्रधानमन्त्री देउवाले आफ्नो निवास बालुवाटारमा मन्त्रिपरिषद्का १० वटा बैठक राखेका छन्।

सामान्यत सरकारका निर्णय प्रधानमन्त्री र मन्त्रीहरूको कार्यालय सिंहदरबारबाट गर्नुपर्ने मान्यता छ। बालुवाटार बैठकबारे कतिपय मन्त्रीले नै अनभिज्ञता जनाउन थालेका छन्। २१ पुसदेखि प्रधानमन्त्रीले लगातार मन्त्रिपरिषद्को बैठक बालुवाटारमै बस्दै आएको छ।

पूर्वमुख्यसचिव डा. विमल कोइराला सामान्यत प्रधानमन्त्री बिरामी हुँदा वा तत्काल निर्णय गर्नुपर्दा मात्रै निवासमा बैठक राख्न सकेन अन्य समयमा सिंहदरबारमा राख्नुपर्ने बताउँछन्।

पूर्वमुख्यसचिव दामोदरप्रसाद गौतमले अन्तर्राष्ट्रिय अभ्यासमा पनि प्रधानमन्त्रीले निवासमा बैठक राख्ने गरेको उदाहरण कहीँ पनि नभएको दाबी गरे।

‘विश्वमा यस्तो कहीँ पनि भएको छैन, हामीकहाँ यस्तो गाईजात्रा भइरहेको छ’, पूर्वमुख्यसचिव गौतमले भने।

सञ्चारमन्त्री बस्नेतले दिउँसो जनताको काम गर्नुपर्ने भएकाले साँझको समयमा आफूहरूकै सुझावअनुसार प्रधानमन्त्रीले बालुवाटारमा बैठक राख्ने गरेको बताए।

 

बालुवाटारमा बैठकका शृंखला

– १४ पुस

– २१ पुस

– २ माघ

– ३ माघ

– १० माघमा दुई पटक

– ११ माघ

– १५ माघ

– १८ माघ

– २२ माघ

आजको अन्नपूर्ण पोस्टमा खबर छ ।