झलनाथले राष्ट्रपतिमा चाहना गरेपछि केपी ओली परे अफ्ठेरोमा

झलनाथले राष्ट्रपतिमा चाहना गरेपछि केपी ओली परे अफ्ठेरोमा


काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति बन्ने चाहना व्यक्त गरेका छन् । उनले पार्टीले जिम्मेवारी दिए आफू राष्ट्रपति बन्न तयार रहेको धारणा राखेका छन् ।

इरानमा आयोजित आइक्यापको २९ औं बैठकमा भाग लिएर मंगलबार स्वदेश फर्किएका खनालले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रपति जस्ता ठूल्ठूला जिम्मेवारी दोर्होयाएर दिन नहुने बताए ।

राष्ट्रपति विद्या भण्डारीलाई नै दोर्होयाउने चर्चा चलिरहेको बेला खनालको यस्तो भनाई आएको हो ।  पुर्व प्रधानमन्त्री समेत रहेका खनालले यसअघि पनि आफु राष्ट्रपति हुने चाहना व्यक्त गरेका थिए ।

उनले आफू पदको लागि भने मरिहत्ते गर्ने पक्षमा भने नरहेको समेत स्पष्टका पारेका छन् । । वरिष्ठ नेता खनालले पार्टीले मूल्यांकन गरेर दिएको जुनसुकै जिम्मेवारी पूरा गर्न आफू प्रतिवद्ध रहेको पनि दोर्होयाए ।

वरिष्ठ नेता खनालले माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रिया छिट्टै निश्कर्षमा पुग्ने दावी समेत गरे ।