चुडामणि शर्माको घरमा विप्लव माओवादीको ढुंगामुडा

चुडामणि शर्माको घरमा विप्लव माओवादीको ढुंगामुडा


काठमाडौं – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युष्टि पार्टीका कार्यकर्ताले आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माको घरमा मंगलबार तोडफोड गरेका छन् । शर्मा भ्रष्टाचारको अभियोग खेपिरहेका छन् । शर्माको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २२ स्थित घरमा विप्लव माओवादी कार्यकर्ताले ढुंगामुडा गरेका हुन ।

ढुंगामुडा गर्दा शर्माको घरको सिसाहरुमा क्षति पुगेको छ । विप्लवमा माओवादीका कार्यकर्तले शर्माको घरको गेटमा उनको सम्पत्ति राष्ट्रियकरण गर्न माग गर्दै ब्यानरसमेत झुण्डाएका छन् । यसअघि विप्लवकै कार्यकर्ताले शर्माको घरमा सिलिण्डर बम विस्फोट गराएका थिए ।

प्रतिनिधीसभाको चुनावमा जताततै बम विस्फोट गराएर आतंक मच्चाएको विप्लव नेतृत्वको माओवादीले यो बीचमा कुनै घटना घटाएको थिएन् । शर्माको घरमा ढुंगामुडा भएपछि प्रहरी परिचालन भएको छ ।