एन्फा उपाध्यक्ष दावा लामा रिहा भए

एन्फा उपाध्यक्ष दावा लामा रिहा भए


काठमाण्डु- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा रिहा भएका छन् । बुधवार मात्र पक्राउ परेका उपाध्यक्ष लामा आज रिहा भएका हुन् ।

काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई पक्राउ गरेको थियो । तर, मुलुकी फौजदारी कार्यविधि समिता २०७४ को दफा १३७ बमोजिम उनलाई सर्वोच्च अदालतले सुविधा दिने आदेश गरेको थियो।

लागु औषध खैरो हिरोइनको कारोबारको सम्बन्धमा तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ साल जेठ २० गते फैसला सुनाउँदै लामाले लागु औषधको कारोबार गरेको ठहर गरी उनलाई ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । दावाले सर्वोच्चमा दायर गरेको रिटको आधारमा उनलाई रिया गरिएको जिल्ला अदालत काठमाण्डुले जनाएको छ।

सर्वोच्चको आदेश अनुसार फैसला कार्यान्वयनतर्फ केही गरिरहनु नपर्ने जिल्ला अदालतले जानकरारी दिएको छ ।