नेपाली सेनालाई साढे दुई अर्ब दिन चीनद्वारा सम्झौता

नेपाली सेनालाई साढे दुई अर्ब दिन चीनद्वारा सम्झौता


काठमाडौं– चीनले नेपाली सेनालाई १ सय ५० मिलियन चिनियाँ युआन अर्था्त करीब दुई अर्ब ५३ करोड रुपैयाँ सहायता उपलब्ध गराउने भएको छ।

चीन भ्रमणमा रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र चिनियाँ राज्यपरिषद सदस्य एवं रक्षामन्त्री वै फङहबीच शनिबार भएको भेटवार्तापश्चात् सहयोग सम्बन्धीत सम्झौतामा हस्ताक्षर भएको हो।

सहयोग रकम विपद् व्यवस्थापन परिचालनमा खर्च गरिनेछ।