पाकिस्तानी महिला टिमले ड्रग्समा आगो लगाएर लियो सेल्फी

पाकिस्तानी महिला टिमले ड्रग्समा आगो लगाएर लियो सेल्फी


एजेन्सी – पाकिस्तानको पेशावरमा एन्टी नार्को्टिक्स फोर्स एएनएफलको महिला टिमले कब्जामा लिएको अवैध ४०० किलो लागुऔषधमा आगो लगाएर सेल्फी लिएकी छन् ।

यी तस्वीरहरु अहिले सोसियल मिडियामा भाइरल भइरहेका छन् । मानिसहरुले त्यो महिला टिमले देखाएको हिम्मतप्रति ऐक्यवद्धता जनाएका छन् । यसलाई नशाको विरुद्धमा महिला क्याम्पेनका रुपमा हेरिएको छ ।

भाइरल भएका तस्वीरमा एक महिला पुलिसकर्मीले हातमा राइफल लिएकी छिन् ।  पाकिस्तानी महिलालाई दबाएर राखिने अड्कल विरुद्ध पाकिस्तानी महिलाहरु साहसी भएको प्रतिक्रिया पनि सोसल मिडियामा आइरहेको छ ।