चौतर्फी दबाब बढेपछि गृहमन्त्री लामिछानेले सभामुखलाई दिए निवेदन

चौतर्फी दबाब बढेपछि गृहमन्त्री लामिछानेले सभामुखलाई दिए निवेदन


काठमाण्डु – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने भन्दै निवेदन दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति समेत रहेका उनले सभामुखलाई सम्बोधन गरेर संसद्मा बोल्न पाउनुपर्ने भन्दै निवेदन दिएका छन् ।

उनले आग्रह गरेका छन्, ‘मेरो व्यक्तिगत विषयमा माननीय सदस्यहरूले विभिन्न प्रश्नहरू उठाउनुभएको थियो । सो सम्बन्धमा मैले संसद्मा उपस्थित भई सार्वभौम सांसदमार्फत् आमजनतालाई जानकारी गराउन चाहेको थिएँ । तर संसद्मा उत्पन्न भएको गतिरोधका कारण सम्भव भएन । यही २८ गतेबाट चालू हुने अधिवेशनमा जवाफ दिने व्यवस्था मिलाइदिन अनुरोध ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै आएको छ । सहकारीबाट ऋण लिएर टेलिभिजन स्थापना गर्दा बचतकर्ताको लगानी डुबेको आरोप छ ।