जुनसुकै चुनौती सामना गर्नसक्ने प्रहरी जनशक्ति उत्पादन गर्न प्रतिष्ठान कटिबद्ध : एअाईजी बस्न्यात

जुनसुकै चुनौती सामना गर्नसक्ने प्रहरी जनशक्ति उत्पादन गर्न प्रतिष्ठान कटिबद्ध : एअाईजी बस्न्यात


काठमाडौं – त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा संचालित पोष्ट ग्रर्याजुयट डिप्लोमा इन पुलिस साइन्स (पिजिडिएस) कार्यक्रम प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यातले उदघाटन गरेका छन् ।

कार्यक्रम समावेश भएको १७९ औं समुह (पिजिडिएस) १० औं व्याचको प्रहरी निरीक्षक आधारभूत तालिमको महानिरीक्षक एआइजी धिरु बस्न्यातले सोमबार प्रतिष्ठानमा आयोजित एक कार्यक्रमबीच उदघाटन गरेका हुन् ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी बस्न्यातले गतिशील समाजको चाहना बमोजिम भविष्यमा चुनौति बोक्न सक्ने शारीरिक र बौद्धिक क्षमतायुक्त गुणस्तरिय प्रहरी जनशक्ति उत्पादन गर्न प्रतिष्ठान कटिबद्ध रहेको समेत बताए । वर्तमान परिस्थितिमा प्रहरी शान्ति सुरक्षाका साथै सामाजिक विकासका हरेक पक्षसँग सरोकार राख्ने र बौद्धिक रुपमा रचनात्मक कार्य गर्न सक्ने हुनुपर्ने समेत उल्लेख गरे ।

संगठनमा तालिमको विशेष महत्व हुने भएकोले परिश्रमकासाथ अनुशासित, लगनशील एवं मर्या्दित रही अपेक्षित सफलता हासिल गर्न उनले प्रशिक्षार्थीहरुलाई निर्देशन दिए । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा. डिल्लीराज शर्माले नेपाल प्रहरी देश सेवाको गरिमा बोकेको संगठन भएको उल्लेख गर्दै देशको सेवा गर्ने प्रण र अठोट बोकी संगठनमा प्रवेश गरेका प्रशिक्षार्थीहरुको भविष्य उज्जवल रहेको बताए ।

व्यवस्थापकीय शिक्षा महत्वपूर्ण र हरेक क्षेत्रमा अतिआवश्यक भएकाले प्रहरी निरीक्षक तालिममा समावेश गरिएको उनले चर्चा गरे । कार्यक्रममा तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै तालिम संयोजक प्रहरी उपरीक्षक मधुसुदन लुइँटेलले तालिममा खुल्ला प्रतिस्पर्धाबाट उत्तीर्ण विभागीय प्रहरी निरीक्षकलाई १३ महिना तथा खुल्लातर्फबाट नवनियुक्त प्रहरी निरीक्षकहरुलाई १६ महिना तालिम अवधि रहेको बताए ।उक्त तालिममा विभागीयतर्फका ७६ र खुल्लातर्फका १५ गरी जम्मा ९१ जना प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुको सहभागिता रहेको छ ।