नेप्से परिसूचक ९.५४ अंकले घट्यो

नेप्से परिसूचक ९.५४ अंकले घट्यो


काठमाण्डु – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार ९ दशमलव ५४ अंकले घटेको छ ।

बुधबार नेप्से ० दशमलव ४७ प्रतिशतले घटेर २ हजार १७ दशमलव ९७ को बिन्दुमा कायम भएको छ ।

बुधबार ३१५ कम्पनीको ८४ लाख ९० हजार ७२२ कित्ता शेयर ५५ हजार ८६२ पटक खरिदबिक्री हुँदा ३ अर्ब ७० करोड ८४ लाख ३० हजार ५५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

उत्पादन तथा प्रशोधन समूह १ दशमलव ४०, म्युचुअल फण्ड १ दशमलव १७ र व्यापार समूह १ दशमलव १६ प्रतिशतले बढेको छ भने अरु सबै समूहका उपसूचक घटेका छन् । सबैभन्दा धेरै घट्नेमा जलविद्युत् र होटल तथा पर्यटन समूह ० दशमलव ८० र अन्य समूह ० दशमलव ९४ प्रतिशतले घटेको छ ।