नेप्से परिसूचक ०.७९ अंकले बढ्यो

नेप्से परिसूचक ०.७९ अंकले बढ्यो


काठमाण्डु – शेयर बजार नेप्से परिसूचक बिहीबार ०.७९ अंकले बढेको छ ।

हप्ताको अन्तिम कारोबार दिन बिहीबार नेप्से झिनो अंकले बढेर २ हजार १८ दशमलव ७६ विन्दुमा पुगेको छ ।

बिहीबार ३१५ कम्पनीका ५७ हजार २१८ कम्पनीका ८२ लाख ८२ हजार ५५६ कित्ता शेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब २३ करोड ३८ लाख १६ हजार ४०३ रुपैयाँ रहेको छ ।

बिहीबार ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स ०.२७ अंकले बढेर ३५८ दशमलव ३७ विन्दुमा पुगेको छ । बिहीबार माइक्रोफाइनान्स कम्पनीहरूमा लगानीकर्ता आकर्षित भएका छन् भने कर्पोरेट डिभेन्चरको कारोबार सबैभन्दा कम भएको छ ।

बिहीबार १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ वटा उपसमूहको परिसूचक घटेका छन् । जसमध्ये लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३.८० प्रतिशत बढेको छ ।