नेप्से परिसूचक २७.५४ अंकले बढ्यो

नेप्से परिसूचक २७.५४ अंकले बढ्यो


काठमाण्डु – शेयर बजारमा सोमबार नेपाल स्टक एक्जेञ्ज (नेप्से) २७.५४ अंकले बढेको छ ।

सोमबार नेप्से १.३३ प्रतिशतले बढेर २ हजार ९२ विन्दु कायम भएको छ ।

सोमबार नेप्सेमा साढे ५ अर्बभन्दा बढीको कारोबार भएको छ । सोमबार ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार रुपैयाँ बराबरको १ करोड ४३ लाख ७० हजार ६८९ कित्ता शेयर ८० हजार ९८२ पटक किनबेच भएको छ ।

सोमबार ३१५ कम्पनीको शेयर कारोबार भएकोमा १३४ वटा कम्पनीको शेयर मूल्य बढ्दा १०७ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

सेन्सेटिभ इन्डेक्स ७.१३ अंक, फ्लोट इन्डेक्स २.११ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.८० अंकले बढेको छ । सोमबार १३ उपसमूहमध्ये ८ समूहको शेयर मूल्य बढेको छ भने ५ समूहको शेयर मूल्य घटेको छ ।

सोमबार सामुदायिक लघुवित्त, बुद्ध भूमि नेपाल हाइड्रोपावर र भगवती हाइड्रोपावर र नेरुडे मिरमिरे लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

एनआईसी एशिया बैंकको शेयर मूल्य पनि ९.०६ प्रतिशतले बढेको छ । सोमबार सबैभन्दा बढी उपकार लघुवित्तको शेयर घटेको छ । उपकारको शेयर ७.४० प्रतिशतले घटेको छ ।