गृहमन्त्री लामिछानेविरुद्ध संसद्मा निवेदन दर्ता, कारवाही गर्न माग

गृहमन्त्री लामिछानेविरुद्ध संसद्मा निवेदन दर्ता, कारवाही गर्न माग


काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले गृहमन्त्री रवि लामिछानेले संसद्को अवहेलना गरेको आरोप लगाउँदै कारबाही गर्न माग गरेका छन् ।

सोमबार संसद् सचिवालयमा निवेदन दर्ता गराउँदै उनले गृहमन्त्री लामिछानेले आइतबारको संसद् बैठकमा मानमर्दन गरेको आरोप लगाए ।

उनले दिएको निवेदनमा गृहमन्त्री लामिछानेले अदालतको फैसलामाथि धावा बोलेको, अदालतको अवहेलना गरेको आरोप लगाइएको छ ।

अदालतबाट सफाइ पाइसकेका रातो कूटनीतिक पासपोर्टको विषयलाई तोडमोड गरी प्रस्तुत गरी भ्रम सिर्जना गर्न खोजेको भन्दै उनले कूटनीतिक राहदानी दुरुपयोग गरेको भन्ने आरोपको सम्बन्धमा सर्वोच्च अदालतले २०६४ असोज २४ गते गरेको फैसलाको प्रतिलिपि निवेदनसँगै पठाएका छन् ।

यस्तो छ निवेदन –