नेप्से परिसूचक २३.९४ अंकले बढ्यो

नेप्से परिसूचक २३.९४ अंकले बढ्यो


काठमाण्डु – शेयर बजार नेप्से परिसूचक मंगलबार २३.९४ अंकले बढेको छ ।

सोमबार २७.५५ अंकले बढेको शेयर बजार मंगलबार २३.९४ अंकले बढेर २ हजार ११५.९४ विन्दुमा बन्द भएको छ ।

अघिल्लो कारोबारको दिन कूल ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार २१२ रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार कारोबार रकम बढेर ५ अर्ब २० करोड ६२ लाख ८ हजार १११.५६ रुपैयाँ पुगेको छ ।

मंगलबार सर्वाधिक कमाउने कम्पनीहरूमा जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त, सामुदायिक लघुवित्त र मध्य भोटेकोशी हाइड्रो रहेका छन् । यी कम्पनीको शेयर मूल्य १० प्रतिशतकै हाराहारीमा वृद्धि भएको छ । मंगलबार सर्वाधिक गुमाउनेमा साइन रेसुङ्गा विकास बैंक र भगवती हाइड्रो रहेका छन् ।

मंगलबार फाइनान्स समूहको उपसूचक सर्वाधिक ३.५५ प्रतिशतले बढ्दा हाइड्रोपावर समूहको समूहको उपसूचक २.१६ प्रतिशत बढेको छ । ट्रेडिङ समूहको उपसूचक सर्वाधिक ०.५३ प्रतिशतले घट्दा विकास बैंक समूहको उपसूचक ०.२९ प्रतिशतले घटेको छ ।