अर्थमन्त्री पुनको सम्पत्ति : बैंकमा ३३ लाख, रोल्पामा ८२० वर्गमिटर जग्गा

अर्थमन्त्री पुनको सम्पत्ति : बैंकमा ३३ लाख, रोल्पामा ८२० वर्गमिटर जग्गा


काठमाण्डु – सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार अर्थमन्त्री वर्षमान पुनको बैंक खातामा ३३ लाख रुपैयाँ रहेको पाइएको छ ।

मन्त्री पुनले तलबभत्ता र भ्रमणभत्ता बापत प्राप्त सम्पत्ति एनएमबी बैंक पुल्चोक शाखाको खातामा ३३ लाख ७० हजार ६१८ रुपैयाँ रहेको जनाएका छन् ।

पैतृक सम्पत्ति रोल्पा नगरपालिका–७ मा ८२० वर्गमिटर जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । अर्थमन्त्री पुनसँग पार्टीको सम्पत्ति रहेको हलुका सवारीसाधन बा००१अ ०००९ नम्बरको गाडी समेत रहेको विवरणमा उल्लेख छ ।