काठमाण्डु-ओमनका राष्ट्रिय क्रिकेट खेलाडी अकिब इलियास सुलेरीले काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला आफूलाई सबैभन्दा बढी मन परेको बताएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सुलेरीसँग गरेको लिखित अन्तर्वार्तामा उनले आफूलाई नेपालको कीर्तिपिुरको अन्तर्राष्ट्रिय रंगशाला सबैभन्दा बढी मन परेको बताएका छन् ।
‘तपाईंले खेलेको अन्तर्रांष्ट्रिय क्रिकेट रंगशाला मध्ये सबैभन्दा बढी मन पर्ने कुन हो ?’ आईसीसीको लिखित प्रश्नमा ओमानी खेलाडी सुलेरीले जबाब दिएका छन्–‘नेपालको कीर्तिपुरको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ।’
सन् २०१५ देखि ओमानको लागि क्रिकेट खेल्न सुरु गरेका सुलेरी बायाँ हाते ब्याट्सम्यान हुन ।
पकिस्तानमा जन्मिएका ३१ वर्षिय सुलेरीले आफूलाई मन पर्ने खेलाडीहरूमा पाकिस्तानका इमरान खान र भारतका विराट कोहलीको नाम लिएका छन् ।
कुन अन्तर्राष्ट्रिय ब्याट्सम्यानको विकेट लिन इच्छुक हुनुहुन्छ भन्ने आईसीसीको अन्तर्वार्तामा उनको जबाफ छ–‘भारतका विराट कोहली, अष्टे«लियाका ग्लेन म्याक्सवेल र पाकिस्तानका बाबर आजम ।’
प्रतिक्रिया