त्रिभुवन विमानस्थलमा एक घण्टा अवरुद्ध भएका उडान र अवतरण सुचारु

त्रिभुवन विमानस्थलमा एक घण्टा अवरुद्ध भएका उडान र अवतरण सुचारु


काठमाण्डु – एक घण्टाका लागि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ। धानवमार्गको ०२ (कोटेश्वरपट्टि) भागमा खाल्डो परेपछि बन्द भएका उडान अवतरण सुचारु भएका विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाले जानकारी दिए ।

उनले हाललाई विमानस्थलको सेवा सुचारु भएको जानकारी दिए। धावनमार्गमा खाल्डो देखिएको भन्दै यसअघि १ घण्टाका लागि विमानस्थल बन्द गरिएको थियो ।

झाले समस्या समाधान भएपछि थाई एयरवेजको जहाज, मलेसिया एयरलाइन्सको जहाज अवतरण भएका जानकारी दिए । सिचुवान एयरलाइन्स र एयर चाइनाको जहाजले उडान भरेका पनि उनले बताए ।

‘ठूलो धावनमार्गमा कुनै पनि बेला समस्या आउनसक्छ। अहिले गर्मीको समय छ, पिच तातेको छ’, उनले भने, अहिलेलाई भने समस्या समाधान भएको छ, उडान र अवतरण यथावत् भएका छन्।’