टी२० विश्वकप क्रिकेट : कुन देशबाट को-को खेल्दैछन् ?

टी२० विश्वकप क्रिकेट : कुन देशबाट को-को खेल्दैछन् ?

बंगलादेश र श्रीलंकाको टिम घोषणा हुन बाँकी


काठमाण्डु-आईसीसी टी२० विश्वकप क्रिकेट आगामी विश्वकपको नवौं संकरण १ जूनदेखि २९ जूनसम्म अमेरिका र वेस्टइण्डिजमा सुरु हुँदैछ । विश्वकपका लागि बंगलादेश र श्रीलंकाबाहेक सबै सहभागि देशले आ–आफ्नो टिमको घोषणा गरिसकेको छ । पाकिस्तानले शुक्रबार बाबर आजमको कप्तानीमा टिम घोषणा गरेको हो ।

विश्वकपका लागि टिम घोषणा गर्ने न्यूजील्याण्ड पहिलो देश हो । यसपटक विश्वकप क्रिकेटमा २० वटा टिम सहभागि छन् । टिम घोषणा गर्ने अन्तिम दिन आज शनिबारसम्म मात्र छ ।

सहभागी २० टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । हरेक समूहका उत्कृष्ट २ टोलीले सुपर ८ मा स्थान बनाउनेछन् ।

जुन १ मा हुने पहिलो खेलमा सह-आयोजक अमेरिका र क्यानडा आमने-सामने हुनेछन। यस्तै, सह-आयोजक वेस्टइन्डिज र पपुवा न्यू गिनीबीच दोस्रो दिन प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा कुल ४१ खेल हुनेछन्। फाइनल भने २९ जुनमा हुनेछ ।

समूह चरणको पहिलो खेल नेपालले ४ जुनमा नेदरल्यान्ड्ससँग डालसमा खेल्ने छ ।

११ जुनमा नेपालको प्रतिस्पर्धा श्रीलंकासँग हुनेछ । नेपालको तेस्रो खेल १४ जुनमा दक्षिणसँगसेन्ट भिन्सेन्टमा हु्नेछ । नेपालले समूह चरणको अन्तिम खेल १६ जुनमा बंगलादेशसँग खेल्ने छ ।

कुन देशको टिम कस्तो छ?

नेपाल

रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिल कुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतीस जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमल सिंह ऐरी

कुशल मल्ल, सहाब आलम र प्रदीप ऐरी वैकल्पिक खेलाडीको रूपमा छन् ।

भारत

रोहित शर्मा (कप्तान), हार्दिक पण्ड्या (उप कप्तान), यशस्वी जयसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकीपर), संजू सैमसन (विकेटकीपर), शिवम दुबे, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, जसप्रीत बुमराह र मोहम्मद सिराज ।

शुभमन गिल, रिंकू सिंह, खलील अहमद र आवेश खान रिजर्व खेलाडी छन् ।

इङ्गल्याण्ड

जोस बटलर (कप्तान), मोइन अली, जोफ्रा आर्चर, जोनाथन बेयरस्टो, हैरी ब्रुक, स्याम कुरेन, बेन डकेट, टम हार्टले, विल ज्याक, क्रिस जर्डन, लियाम लिविंगस्टोन, आदिल राशिद, फिल साल्ट, रीस टपले र मार्क वुड

न्यूजील्याण्ड

केन विलियमसन (कप्तान), फिन एलन, ट्रेन्ट बोल्ट, माइकल ब्रेसवेल, मार्क च्यापम्यान, डेवोन कनवे, लकी फग्र्यूसन, म्याट हेनरी, डेरिल मिशेल, जिमी नीशम, ग्लेन फिलिप्स, रचिन रवीन्द्र, मिशेल सेन्टनर, ईश सोढ़ी र टिम साउथी । बेन सियर्स रिजर्व खेलाडी हुन् ।

दक्षिण अफ्रिका

एडेन मार्कराम (कप्तान), ओटनील बार्टम्यान, गेराल्ड कोएटजी, क्विन्टन डी कक, ब्योर्न फोर्टुइन, रीजा हेन्ड्रिक्स, मार्को जानसन, हेनरिक क्लासेन, केशव महाराज, डेविड मिलर, एनरिक नर्टजे, कैगिसो रबाडा, र्‍यान रिकेल्टन, तबरेज शम्सी, ट्रिस्टन स्टब्स

अफगानिस्तान

राशिद खान (कप्तान), रहमानुल्लाह गुरबाज (विकेटकीपर), इब्राहिम जादरान, अजमतुल्लाह उमरजई, नजीबुल्लाह जादरान, मोहम्मद इशाक, मोहम्मद नबी, गुलबदीन नायब, करीम जनत, नांग्याल खरोती, मुजीब उर रहमान, नूर अहमद, नवीन–उल–हक, फजलहक फारूकी र फरीद अहमद मलिक

रिजर्व खेलाडीका रूपमा सेदिक अटल, हजरतुल्लाह जजई र सलीम सफी छन् ।

अष्ट्रेलिया

मिशेल मार्स (कप्तान), एस्टन एगर, प्याट कमिन्स, टिम डेविड, नाथन एलिस, म्यामरून ग्रीन, जोश हेजलवुड, ट्रैविस हेड, जोश इङ्गिग्लस, ग्लेन म्याक्सवेल, मिशेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यू वेड, डेविड वार्नर र एडम जम्पा

क्यानाडा

साद बिन जफर (कप्तान), एरोन जनसन, दिलन हेइलिगर, दिलप्रीत बाजवा, हर्ष ठाकेर, जेरेमी गर्डन, जुनैद सिद्दीकी, कलीम सना, कम्वरपाल ताथगुर, नवनीत धालीवाल, निकोलस किरटन, परगट सिंह, रविन्दरपाल सिंह, रेयानखान पठान र श्रेयस मोव्वा

तजिन्दर सिंह, आदित्य वरदराजन, अम्मार खालिद, जतिन्दर मथारू र परवीन कुमार रिजर्व खेलाडी हुन् ।

आयरल्याण्ड

पल स्टलिङ्ग (कप्तान), मार्क एडेर, रस एडेर, एन्ड्रयू बालबिर्नी, कर्टिस क्याम्फर, गारेथ डेलानी, जर्ज डकरेल, ग्राहम ह्यूम, जोश लिटिल, बैरी म्याकार्थी, नील रक, हैरी टेक्टर, लर्कन टकर, बेन ह्वाइट र क्रैग यङ्ग

नामिबिया

गेरहार्ड इरास्मस (कप्तान), जेन ग्रीन, माइकल वान लिङ्गगेन, डायलन लीचर, रूबेन ट्रम्पेलम्यान, ज्याक ब्रासेल, बेन शिकोङ्गगो, ताङ्गगेनी लुङ्गामेनी, निको डेविन, जेजे स्मिट, जान फ्राइलिनक, जेपी कोट्ज, डेविड विसे, बर्नार्ड शोल्ट्ज, मालन क्रूगर र पीडी ब्लिग्नाट

नेदरल्याण्ड

स्कट एडवर्ड्स (कप्तान÷विकेटकीपर), आर्यन दत्त, बास डी लीडे, काइल क्लेन, लोगान वान बीक, म्याक्स ओ’डड, माइकल लेविट, पल वान मीकेरेन, साकिब जुल्फिकार, साइब्रांड एन्जेलब्रेच, तेजा निदामनुरू, टिम प्रिङ्गगल, विक्रमजीत सिंह, विवियन किंगमा र वेस्ले बर्रेसी ।

ओमान

आकिब इलियास (कप्तान), जीशान मकसूद, कश्यप प्रजापति, प्रतीक अठावले (विकेटकीपर), अयान खान, शोएब खान, मोहम्मद नदीम, नसीम खुशी (विकेटकीपर), मेहरान खान, बिलाल खान, रफीउल्लाह, कलीमुल्लाह, फैयाज बट, शकील अहमद र खालिद कैल
जतिन्दर सिंह, समय श्रीवास्तव, सुफियान महमूद र जय ओडेद्रा रिजर्वमा छन् ।

पापुआ न्यू गिनी

असादोलाह वाला (कप्तान), सीजे अमिनी (उप–कप्तान), अली नाओ, चाड सोपर, हिला वारे, हिरी हिरी, ज्याक गार्डनर, जन कैरिको, काबुआ वागी मोरेया, किपलिङ्ग डोरिगा, लेगा सियाका, नर्मन वानुआ, सेमा कामेया, सेसे बाऊ र टोनी उरा

पाकिस्तान

बाबर आजम (कप्तान), अबरार अहमद, आजम खान, फखर जमान, हारिस रौफ, इफ्तिखार अहमद, इमाद वसीम, मोहम्मद अब्बास अफरीदी, मोहम्मद आमिर, मोहम्मद रिजवान, नसीम शाह, सैम अयूब, शादाब खान, शाहीन शाह अफरीदी र उस्मान खान

स्कटल्याण्ड

रिची बेरिङ्गगटन (कप्तान), म्याथ्यू क्रस, ब्रैड करी, क्रिस ग्रीब्स, ओली हेयर्स, ज्याक जार्विस, माइकल जोन्स, माइकल लीस्क, ब्रैन्डन म्याकमुलेन, जर्ज मुन्से, सफयान शरीफ, क्रिस सोल, चार्ली टियर, मार्क वट र ब्रैड व्हील

युगान्डा

ब्रायन मसाबा (कप्तान), रियाजत अली शाह (उप–कप्तान), केनेथ वैसवा, दिनेश नाकरानी, फ्रैंक एनसुबुगा, रोनाक पटेल, रोजर मुकासा, कसमस क्यवुता, बिलाल हसुन, फ्रेड अचेलम, रबिन्सन ओबुया, साइमन सेसाजी, हेनरी सेसेनडो, अल्पेश रमजानी र जुमा मियाजी
रिजर्व खेलाडका रूपमा रोनाल्ड लुटाया र इनोसेंट म्वेबेज छन् ।

अमेरिका

मोनांक पटेल (कप्तान), एरोन जोन्स (उप–कप्तान), एन्ड्रिज गस, कोरी एन्डरसन, अली खान, हरमित सिंह, जेसी सिंह, मिलिन्द कुमार, निसर्ग पटेल, नितीश कुमार, नोशतुश केनजिगे, सौरभ नेथ्रालवकर, शैडली वान शल्कविक, स्टीवन टेलर र शायन जहांगीर

गजानन्द सिंह, जुआनय ड्राईस्डेल र यासिर मोहम्मद रिजर्व खेलाडी हुन् ।

वेस्टइन्डिज

रोवमन पवेल (कप्तान), अल्जारी जोसेफ (उप–कप्तान), जनसन चाल्र्स, रोस्टन चेज, शिमरन हेटमायर, जेसन होल्डर, शे होप, अकील हुसैन, शमर जोसेफ, ब्रेन्डन किङ्ग, गुडाकेश मोती, निकोलस पूरन, आन्द्रे रसेल, शेरफेन रदरफोर्ड र रोमारियो शेफर्ड