नेप्से ३ अंकले घट्यो

नेप्से ३ अंकले घट्यो


काठमाडौं- बुधबार नेप्से परिसूचक २ दशमलव ९० अंकले घटेर १२ सय २१ दशमलव ४६ अंकको विन्दुमा आइपुगेको छ। क वर्गका कम्पनीहरु मापन गर्ने सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ६५ अंकले घटेर २ सय ५९ दशमलव ७८ को विन्दुमा आइपुगेको छ। आज १ सय ६४ कम्पनीको १६ करोड ७५ लाख ९९ हजार १ सय ९० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

बुधबार प्रभु बैंकको सर्वाधिक सेयर कारोबार भएको छ। बैंकको ९० लाख २१ हजार ८ सय ७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। एनआइसी एसिया बैंकको ८७ लाख २७ हजार ६ सय ७९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै सिभिल बैंकको ६८ लाख ५ हजार ९ सय ९१ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

बुधबार कारोबारमा आएको निर्जीवन बीमा समूह, उत्पादन तथा प्रशोधन समूह र अन्य समूहबाहेक अरु सबै समूहमा गिरावट आएको छ। निर्जीवन बीमा समूह ३० दशमलव ०३ अंक, उत्पादन तथा प्रशोधन समूह ३० दशमलब ५७ अंक र अन्य समूह ३ दशमलव ०१ अंकले बढेको छ।

यता जलविद्युत समूह ७ दशमलव ३७ अंक, माइक्रोफाइनान्स समूह ७ दशमलव ३६ अंकले घटेको छ। त्यस्तै बैंकिङ समूह ५ दशमलव ४९ अंकले घटेको छ। मंगलबार सर्वाधिक कमाउनेमा नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन्। संस्थाको सेयर मूल्य ७७ रुपैयाँले बढेर ८ सय ५५ रुपैयाँमा कारोबार रोकिएको छ।