‘रेमल’ आँधीले मच्यायो विध्वंश, बंगलादेशमा करिब ३७ लाख मानिस प्रभावित

‘रेमल’ आँधीले मच्यायो विध्वंश, बंगलादेशमा करिब ३७ लाख मानिस प्रभावित


काठमाण्डु- भारत र दक्षिणी बङ्गलादेशको तटीय क्षेत्रमा आएको ‘रेमल’ नामक आँधीले विध्वंश मच्चाएको छ । आँधीका कारण अहिलेसम्म कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

१३५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको हावाहुरी, मुसलधारे वर्षा र ज्वारभाटाबाट ती क्षेत्र जलमग्न भएका छन् ।

आँधीका कारण करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ । चक्रवातका कारण केहीको डुबेर मृत्यु भएको छ भने कोही भत्किएका घरमुनि पुरिएर ज्यान गुमाएका छन् ।

आँधीका कारण बंगलादेशमा करिब ३७ लाख ५० हजार मानिस प्रभावित भएका छन् । ३५ हजार ४ सय ८३ घर ध्वस्त भएका छन् भने १ लाख १५ हजार ९ सय ९२ घरमा क्षति पुगेको छ ।

आँधीले बंगलादेशको कुआकाटा समुद्र तटमा एउटा बजार नै तहसनहस भएको छ । आँधीका कारण भारतमा पनि हजारौं घरहरू ध्वस्त भएका छन् । रुखहरु ढलेका छन् र विद्युत आपूर्ति अवरुद्ध भएको छ । हावाहुरीले कच्ची घरहरु उडाएका छन् ।