विद्युत क्षमता ४५ सय मेगावाट पुर्‍याइने

विद्युत क्षमता ४५ सय मेगावाट पुर्‍याइने


काठमाण्डु-सरकारले आगामी आर्थिक वर्ष विद्युत जडित क्षमता ४ हजार ५ सय मेगावाट पुर्‍याउने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी वर्ष ९ सय मेगावाट थप गर्ने लक्ष्य लिएको बताएका हुन् ।

आगामी वर्षदेखि बंगलादेशमा बिजुली निर्यात सुरु हुने समेत जानकारी दिँदै आगामी वर्षदेखि प्रसारण लाइन र वितरणमा निजी क्षेत्रलाई सहभागी गराउने घोषणा पनि गरे ।