काठमाण्डु – सरकारले परराष्ट्र, गृह र रक्षा मन्त्रालयको बजेट बढाएको छ ।
चालू आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बढेको हो ।
परराष्ट्र मन्त्रालयको बजेट चालू आवमा ६ अर्ब २ करोड ५७ लाख रहेकोमा आगामी आवमा बढेर ६ अर्ब ७७ करोड ४२ लाख रुपैयाँ पुगेको छ । मन्त्रालयमा ७५ करोड बजेट बढेको छ ।
गृह मन्त्रालयमा गत आवमा १ खर्ब ९४ अर्ब १६ करोड ५३ लाख बजेट विनियोजन भएकोमा आगामी आवमा बढेर १ खर्ब ९९ अर्ब २४ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।
रक्षा मन्त्रालयमा गत आवमा ५८ अर्ब ८४ करोड ४६ लाख रुपैयाँ बजेट रहेकोमा आगामी आवमा बढेर ५८ अर्ब ८७ करोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
प्रतिक्रिया