काठमाण्डु- अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत नयाँ चरणको आर्थिक सुधार गर्ने लक्ष्यसहित बजेट ल्याइएको बताएका छन् ।
मंगलवार २०८१/८२ को बजेट सार्वजनिक पछि पहिलोपटक मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमार्फत अर्थमन्त्री पुनले राज्यको सीमित स्रोत साधनका बाबजुद नयाँ चरणको आर्थिक सुधार गर्ने लक्ष्यसहित बजेट ल्याइएको बताएका हुन् ।
नयाँ चरणको आर्थिक सुधारका लागि उच्चस्तरीय आयोग नै गठन गरेर विज्ञहरुसँग छलफल गर्ने उनले जानकारी दिए ।
त्यस्तै अर्थमन्त्री पुनले बजेटमार्फत निजी क्षेत्रलाई साथमा लिएर जाने सन्देश दिएको बताए ।
‘पूर्वाधार विकास र औद्योगिक विकासमा निजी क्षेत्र र सरकारबीच तालमेलको सुरुवात भएको छ । पूर्वाधार निर्माणमा सरकार एक्लैले खर्च गर्न सक्दैन । पूर्वाधार विकासमा लाग्ने अर्बौ रुपैयाँको लागत निजी क्षेत्रको सहायतामा अघि बढाउने निष्कर्षमा सरकार पुगेको छ ’, उनले भने ।
प्रतिक्रिया