व्यावसाय गर्न नेपाल दक्षिण एसियाकै चौथो सहज देश

व्यावसाय गर्न नेपाल दक्षिण एसियाकै चौथो सहज देश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – व्यवसाय गर्नका लागि नेपाल दक्षिण एसियाको चौथो सहज देश रहेको प्रतिवेदन सार्वजनिक भएको छ।

विश्व बैंक समूहले बुधबार सार्वजनिक गरेको डुइङ विजनेस २०१९ को ट्रेनिङ फर रिफर्म रिपोर्टमा दक्षिण एसियामा भारत, भुटान र श्रीलंकापछि नेपाल चौथो नम्बरमा छ। गत वर्ष विश्वको १०५ औं स्थानमा रहेपनि नेपालको अवस्था झन खस्किएको छ।

यस्तै दक्षिण एसियाली राष्ट्रहरुमा गतवर्ष तेस्रो स्थानमा रहे पनि यस वर्ष चौथो स्थानमा झरेको हो। विश्वका १९० राष्ट्रमध्ये नेपाल ११० औं स्थानमा छ। त्यस्तै भारत ७७ औं, भुटान ८१ औं र श्रीलंका १०० स्थानमा रहेको छ।
यो खबर आजको कारोबार दैनिकमा छ ।