गृहमन्त्री लामिछाने विरुद्धको मुद्दामाथिको सुनुवाइ निवेदकको तर्फबाट स्थगित

गृहमन्त्री लामिछाने विरुद्धको मुद्दामाथिको सुनुवाइ निवेदकको तर्फबाट स्थगित


काठमाण्डु – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमाथिको सुनुवाइ बिहीबार स्थगित भएको छ ।

रिटमाथि न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएकोमा मुद्दा बिहीबार तेस्रो नम्बरमा पेशी रहेको थियो । तर निवेदकको तर्फबाट बिहीबारको सुनुवाइ स्थगित गरिएको छ ।

विभिन्न जिल्लामा सहकारी ठगीको अभियोग पत्रमा नाम उल्लेख भएको र कास्की जिल्ला प्रहरी कार्यालयमा जाहेरी नै रहेको अवस्थामा महान्यायाधिवक्ता कार्यालयको दुरुपयोग गरेर ‘क्लिन चिट’को पत्र लेखाइएकाले गृहमन्त्री पदमा नैतिक रूपमा बस्न नमिल्ने जिकिर रिटमा गरिएको छ ।

रिटमा महान्यायाधिवक्ता दिनमणि पोखरेललाई पनि विपक्षी बनाइएको छ ।