काठमाण्डु- लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएको विषयमा अमेरिकाको आलोचना भइरहँदा नेपाल क्रिकेट संघ (क्यान)ले स्पष्टीकरण दिनु परेको छ ।
क्यानले पदाधिकारीको कमजोरीका कारण क्रिकेटर लामिछानेलाई अमेरिकाले भिसा नदिएको स्पष्ट पारेको छ ।
आरोपको अध्यक्ष चतुरबहादुर चन्दले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सन्दीपले अदालतबाट सफाइ पाएलगत्तै आइसीसीसँग समन्वय गरेर उनलाई नेपाली स्क्वाडमा समावेश गराएको बताएका छन् । सन्दीपलाई विश्वकपका लागि भिसा दिन आईसीसीले पठाएको पत्र समेत उनले सार्वजनिक गरेका छन् ।
चन्दले सन्दीपलाई टीममै नराखिएको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् ।
१५ सदस्यीय स्क्वाडमा लामिछानेलाई समावेश नगरेका कारण अमेरिकाले भिसा नदिएको भन्दै सामाजिक सञ्जालमा क्यानको आलोचना गरिएको छ ।
अमेरिकी दुतावासले दोस्रो पटक पनि भिसा अस्वीकृत गरेपछि लामिछानेका प्रशंसक भने आक्रोशित भएका छन् । अध्यक्ष चन्दले झुठो र अनुमानका आधारमा तथ्यहीन कुरा गरेर क्रिकेटप्रेमीलाई भ्रममा नपार्न आग्रह गरेका छन् ।
प्रतिक्रिया