अमेरिका – अमेरिकाले आईसीसी टी–२० विश्वकप २०२४ को पहिलो खेलमा क्यानडामाथि ७ विकेटको सानदार जित हात पारेको छ । आरोन जोन्सको विष्फोटक ब्याटिङमा घरेलु टोलीले डेब्यू विश्वकप खेलमा क्यानडालाई हराएको हो ।
१९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । अमेरिकाको जितमा आरोन जोन्सले ९४ रन बनाएर नट आउट रहे ।
एन्ड्रिस गौसले ६५, १६ रनमा आउट भए भने स्टिभ टेलर शून्यमा एलबी डब्लू आउट भए । क्यानडाका कलिम साना, निखिल दत्त र डिलोन हेलिगरले एक, एक विकेट लिए ।
त्यसअघि ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन बनाएको थियो ।
क्यानडाका ओपनर नवनीत धालिवालले ६१, निकोलस किर्टोनले ५१ तथा श्रेयस मोभ्भाले ३२ रन बनाए ।
क्यानडाका ओपनर आरोन जोनसन २३ र परगत सिंह ५ रन बनाए । समूह ए मा क्यानडा, अमेरिका, आयरल्यान्ड, भारत र पाकिस्तान छन् । अब अमेरिकाले दोस्रो खेल ६ जुनमा पाकिस्तानसँग ग्राण्ड प्रेरीमा नै खेल्नेछ । क्यानडाले ७ जुनमा न्यूर्योकमा आयरल्यान्डसँग खेल्नेछ ।
प्रतिक्रिया