चुनाव सकिएपछि केजरीवालले तिहाड जेलमा आत्मसमर्पण गर्ने

चुनाव सकिएपछि केजरीवालले तिहाड जेलमा आत्मसमर्पण गर्ने


नयाँ दिल्ली – शनिबार भारतको निर्वाचन सकिएपछि नयाँदिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संस्थापक अध्यक्ष अरविन्द केजरीवालले आज अपरान्ह तिहा जेलमा आत्मसमर्पण गर्ने भएका छन् ।

भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री रहेका केजरीवाललाई नरेन्द्र मोदी नेतृत्वको सरकारले भ्रष्टाचार आरोपमा जेल पठाएको थियो । केजरिवाललाई सर्वोच्च अदालतले चुनाव प्रचारका लागि जेलबाहिर बस्ने अनुमति दिएको थियो ।

जेलबाट छुटेर २१ दिन चुनावी प्रचार सकेपछि आइतबार आफूले तिहाड जेलमा सरेन्डर गर्ने केजरीवालले बताएका छन् ।

दिउँसो ३ बजे घरबाट निस्केर राजघाटस्थित महात्मा गान्धीको समाधीस्थलमा श्रद्धान्जली दिने र हनुमान मन्दिरको र्दनपछि पार्टी कार्यालयबाट जेल जाने कार्यक्रम केजरीवालले सार्वजनिक गरेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।