चलचित्र ‘प्रसाद–२’ का निर्देशक सुदर्शन थापा पक्राउ

चलचित्र ‘प्रसाद–२’ का निर्देशक सुदर्शन थापा पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चलचित्र ‘प्रसाद–२’ का निर्देशक तथा कलाकार सुदर्शन थापा आपराधिक विश्वासघात गरेको आरोपमा पक्राउ परेका छन् । काठमाडौंको कमलपोखरी क्षेत्रबाट आज थापालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रसाद–२ का निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध आफूहरूको मन्जुरीबिना चलचित्र ‘प्रसाद–२’ लाई प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै बौद्ध प्रहरीमा उजुरी दिएका थिए ।

सोमबार मालिगाउँ प्रहरी वृत्तबाट खटिएको टोलीले थापालाई पक्राउ गरेर थप अनुसन्धानका लागि बौद्ध प्रहरी वृत्तमा लगिएको प्रहरीले जनाएको छ।

चलचित्र ‘प्रसाद २’ को विवादलाई लिएर बस्नेतले उनीसहित ओएसआर डिजिटल प्रालिका सञ्चालक ओमप्रकाश अग्रवालविरुद्ध पनि जाहेरी दिएका थिए। प्रहरीले अग्रवाललाई पक्राउ गरिसकेको छ।