नेप्से परिसूचक ३.९७ अंकले घट्यो

नेप्से परिसूचक ३.९७ अंकले घट्यो


काठमाण्डु – शेयर बजार नेप्से परिसूचक सोमबार ३.९७ अंकले घटेको छ ।

नेप्से परिसूचक सोमबार २ हजार ७९.०७ विन्दुमा झरेको छ ।

सोमबार ८८ लाख २० हजार १२५ कित्ता शेयर ४ अर्ब ४० लाख रुपैयाँमा किनबेच भएको छ । आईतबार नेप्से परिसूचक १३.५१ अंकले बढेर २ हजार ८३.०४ विन्दुमा रहँदा ९६ लाख ९७ हजार २०६ कित्ता शेयर ४ अर्ब ३१ करोड १० लाख रुपैयाँमा किनबेच भएको थियो ।

सोमबार १२९ कम्पनीको शेयर मूल्य घट्दा सर्वाधिक नोक्सानमा एनआईबीएल स्टेबल फण्डका लगानीकर्ता छन् ।

सोमबार मनकामना इन्जिनीयरिङ हाइड्रोपावर, कालिञ्चोक दर्शन, राप्ती हाइड्रो, सुपर मादी हाइड्रोपावरको शेयर मूल्य घटेको छ ।

सोमबार ११० कम्पनीको शेयर मूल्य बढेको छ । बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर मूल्य सर्किटस्तरमा पुगेको छ ।

सर्वाधिक कारोबार हुने कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर छ । कम्पनीको १४ करोड ८५ लाखको शेयर कारोबार भएको छ । पोखरा फाइनान्सको १३ करोड ८६ लाख, ग्रनीन भेञ्चर लिमिटेडको १२ करोड ४० लाख, नेपाल फाइनान्सको १० करोड ७ लाख, हिमालयन लघुवित्तको १० करोड ७ लाख रुपैयाँको शेयर किनबेच भएको जनाइएको छ ।