काठमाण्डु – आइसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेको छ । सोमबार राति अमेरिकाको न्यू योर्कमा भएको खेलमा श्रीलंकालाई ६ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेको हो ।
श्रीलंकाले प्रस्तुत गरेको ७८ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १६.२ ओभरमा चार विकेट गुमाएर भेट्टायो ।
दक्षिण अफ्रिकाको जितमा ओपनर क्विन्टन डी ककले २० रन बनाए । हेनरिक क्लासेनले अविजित १९, ट्रिस्टान स्टुब्सले १३ रन बनाउँदा कप्तान आइदेन मार्करमले १२ रन थपे ।
श्रीलंकाका कप्तान वनिन्दु हसरंगाले दुई विकेट लिए । नुवान तुसारा र दासुन सनाकाले समान एक विकेट हात पारे । त्यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंका १९.१ ओभरमा ७७ रनमै समेटिएको थियो ।
श्रीलंकाको खातामा कुशल मेन्डिसले सर्वाधिक १९ रन बनाए । एन्गोलो म्याथ्युले १६ रन थप्दा कामिन्दु मेन्डिसले ११ रन बनाए । यसबाहेक, अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
प्रतिक्रिया