काठमाण्डु – नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार ७ सयले बढेको छ । आज सुनको बजार मूल्य १ लाख ४२ हजार ७०० रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार १ हजार ७०० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन १० ग्रामको भने मंगलबार १ लाख २२ हजार ३४५ रुपैयाँ कायम जानकारी दिएको छ ।
यस्तै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । अघिल्लो १८५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार १० बढेर तोलामा १८६० रुपैयाँ कायम भएको हो ।
प्रतिक्रिया