भारतमा लोकसभा निर्वाचन : इन्डिया गठबन्धनले दोब्बरले बढायो सिट, एनडिए गठबन्धनको घट्यो

भारतमा लोकसभा निर्वाचन : इन्डिया गठबन्धनले दोब्बरले बढायो सिट, एनडिए गठबन्धनको घट्यो


काठमाण्डु – भारतमा भएको लोकसभा निर्वाचनको ५४३ सिटकै मतगणना सुरू भएको छ। मंगलबार बिहान साढे ११ बजेसम्म सबै सिटको मतगणना सुरू भएको बिबिसी हिन्दीले जनाएको छ ।

मतगणनाको प्रारम्भिक परिणाम अनुसार एनडिए गठबन्धन अगाडि रहे पनि कंग्रेस आई नेतृत्वको इन्डिया गठबन्धनले अघिल्लो निर्वाचन भन्दा दोब्बर बढी सिटमा जित हासिल गरेको छ।

एनडिएले अहिले २८५ सिटमा अग्रता लिइरहेको छ। एक सिट एनडिएले जितिसकेको छ। यस्तै इन्डियाले २३० सिटमा अग्रता लिइरहेको छ।

सन् २०१९ को निर्वाचनमा एनडिएले ३५२ सिट जितेको थियो। इन्डिया गठबन्धनले ९४ सिटमात्रै जितेको थियो। अन्य दलले ९७ सिट जितेकोमा अहिले २७ सिटमा मात्रै अग्रता लिएका छन् ।

भारतको लोकसभा निर्वाचनमा बहुमत र सरकार बनाउन २७२ सिट जित्न पर्छ।