काठमाण्डु – भारतमा मंगलबार बिहानदेखि लोक सभा चुनावको मतगणनाले सत्तारुढ दल भारतीय जनता पार्टी (विजेपी) एक्लैले बहुमत नल्याउने निश्चित देखिएको छ । लोक सभाका ५४३ सिटमा बहुमतका लागि २७२ मत ल्याउन पर्छ ।
तर, विजेपी एक्लैको जम्मा २४० सिटमा अग्रता देखिएकाले एक्लै बहुमत नल्याउने निश्चित देखिएको हो ।
अहिलेसम्म एक सिटको मात्रै नतिजा आएको छ । एक क्षेत्र बिजेपी नेतृत्वको एनडिएले जितेको छ ।
भारतको निर्वाचनमा विजेपी नेतृत्वको एनडिए गठबन्धन र कंग्रेस नेतृत्वको इण्डिया गठबन्धन बनाएर निर्वाचनमा होमिएका थिए ।
२८६ सिटमा बिजेपी नेतृत्वको एनडिए गठबन्धनले अग्रता लिएको छ। कंग्रेस नेतृत्वको इन्डिया गठबन्धन २३४ सिटमा अघि छ। २४ सिटमा अरू दल अघि छन्।
बिबिसी हिन्दीका अनुसार भारतीय जनता पार्टी एक्लैको बहुमत नपुग्ने देखिएको छ।
सन् २०१९ को चुनावमा बिजेपी एक्लैले ३०३ क्षेत्र जितेको थियो। यसपालि ६३ सिट गुमाउने प्रारम्भिक रुझानले देखिएको छ ।
कंग्रेसले अघिल्लो चुनावभन्दा झण्डै दोब्बर सिटले अघि छ। कंग्रेसले सन् २०१९ को चुनावमा एक्लै ५२ सिट जितेकोमा यसपालि ९४ सिटमा अग्रता लिइरहेको छ।
प्रतिक्रिया