नेप्से परिसूचक ६.२२ अंकले बढ्यो

नेप्से परिसूचक ६.२२ अंकले बढ्यो


काठमाण्डु – शेयर बजार नेप्से परिसूचक मंगलबार ६.२२ अंकले बढेको छ ।

मंगलबार शेयर बजार परिसूचक नेप्से २ हजार ८५.३० विन्दुमा पुगेको छ ।

मंगलबार ८३ लाख ५ हजार ७८६ कित्ता शेयर ४ अर्ब ८ करोड ४७ लाख रुपैयाँमा किनबेच भएको छ । १२५ कम्पनीको शेयरमूल्य बढ्दा ११४ कम्पनीको मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य यथावत् रहेको छ ।

हप्ताको पहिलो दिन बढेको शेयर बजार दोस्रो दिन घटेको थियो । सोमबार बजार ३.९७ अंकले घट्दै २ हजार ७९.०७ विन्दुमा रहँदा ८८ लाख २० हजार १२५ कित्ता शेयर ४ अर्ब ४० लाख रुपैयाँमा किनबेच भएको छ ।

मंगलबार १३ उपसमूहमध्ये जलविद्युत्, म्युचुअल फण्ड र अन्य उपसमूहबाहेक सबै बढेका छन् । व्यापार उपसमूह सर्वाधिक २.७० प्रतिशतले बढेको छ । लघुवित्त उपसमूह १.४८ प्रतिशतले बढेको छ भने ग्लोबल आईएमई लघुवित्तका लगानीकर्ता बढी फाइदामा रहेका छन् ।

नारायणी विकास बैंक, महुली लघुवित्त, हिमालयन लघुवित्त, माथिल्लो मैलुङखोला जलविद्युत्को शेयर मूल्य बढेको छ ।