काठमाण्डु – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रोपटक वाणारसीबाट लोकसभा सदस्य निर्वाचित भएका छन् ।
मंगलबार साँझ सम्पन्न मतगणनाबाट वाणारसीमा भारतीय जनता पार्टी (भाजपा) उम्मेदवार रहेका प्रधानमन्त्री मोदी करीब डेढ लाख मतान्तरले विजयी भएका छन् ।
मोदीले भारतीय कांग्रेसका अजय रायलाई पराजित गरेका छन् । राय लगातार दोस्रोपटक मोदीसँग पराजित भएका छन् ।
सन् २०१९ को निर्वाचनमा मोदी ६ लाख ७४ हजारभन्दा बढी मतान्तरले रायलाई हराएर निर्वाचित भएका थिए ।
प्रतिक्रिया