काठमाण्डु- टी-२० विश्वकपमा नेपालले पाँच विकेट गुमाएको छ । नेदरल्यान्ड्सविरुद्धको खेललमा नेपालले ११ ओभरमा ५३ रन बनाउदैँ पाँच विकेट गुमाएको हो ।
पहिलो विकेटका रुपमा आसिफ शेख आउट भएका थिए भने उनलाई पछ्याउँदै कुशल भुर्तेल पनि पेभिलियन फर्किए । दुवै ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
तेस्रो विकेटका लागि कप्तान रोहित पौडेल र अनिल साहले झिनो साझेदारी गरे । तर, अनिल पनि ११ रनको निजी स्कोरमा आउट भए । त्यस्तै कुशल मल्ल र दिपेन्द्रसिंह ऐरी पनि आउछ भएका छन् ।
प्रतिक्रिया