नेपालकाे खराब ब्याटिङ, नेदरल्यान्ड्विरुद्ध १०६ रनमा अलआउट

नेपालकाे खराब ब्याटिङ, नेदरल्यान्ड्विरुद्ध १०६ रनमा अलआउट


काठमाण्डु- टी-२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल १०६ रनमा अलआउट भएको छ ।

नेपाली समय अनुसार मंगलबार राति भएको खेलमा टस हारि नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङमा उत्रिएको नेपाल १०६ रनमा अलआउट भएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । उनले ३७ बलमा ५ चौका हिर्काए । खेलमा खराब सुरुवात गरेको नेपालले चौथो ओभरमा नै दुवै ओपनरलाई गुमाएको थियो । भुर्तेल ७ रन तथा आसिफ शेख ४ रन बनाएर आउट भए ।

करन केसीले १७ तथा गुल्सन झाले १४ रनको योगदान दिए । अनिल शाहले १२ बलमा ११ रन जोडे । त्यस्तै कुशल मल्लले ९ बलमा ९ रन बनाएर आउट भए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेदरल्यान्ड्सका लागि टिम प्रिंगल र लोगन भान विकले ३-३ विकेट लिए भने पाउल भान मेकरेन र बास डे लिडेले २-२ विकेट लिए ।