काठमाण्डु-भारतको लोकसभा निर्वाचनमा सबैभन्दा बढी सीट जितेको भारतीय जनता पार्टीले आगामी सरकार बनाउन गृहकार्य थालेको छ । नयाँ सरकार गठनको तयारीसँग मोदीले शनिबार तेस्रो कार्यकालको शपथ लिने भएका छन्।
भाजपाका नेताकरूको भनाइ उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाए अनुसार मोदीले शनिबार नयाँ प्रधानमन्त्रीको सपथ लिनेछन् । तर सपथ अघि उनले शनिबार नै एनडीएका निर्वाचित सांसदहरूसँग छलफल गर्ने तय भएको छ ।
भारतमा पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुपछि तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने मोदी पहिलो नेता हुन्।
यसैबीच मोदीले बुधबार राष्ट्रपति भवन पुगेर राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाएका छन्। त्यसपछि उनले सरकार निर्माणको दाबी पेस गर्नेछन्।
लोकसभा निर्वाचनमा मोदी आबद्ध भारतीय जनता पार्टी (भाजपा) २४० सिटमा जीत हात पारेको छ । ५४३ सदस्यीय लोकसभामा बहुमतका लागि २७२ सिट चाहिन्छ ।
प्रतिक्रिया