काठमाडौं- प्रदेश ३ का भौतिक योजना मन्त्री केशव स्थापित पदमुक्त भएका छन् । मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्री स्थापितलाई बर्खास्त गरेका हुन् ।
मुख्यमन्त्री पौडेलले स्थापित संविधानको धारा १६९ को उपाधार २ को खण्ड ख अनुसार स्थापितलाई बर्खास्त गरी उनको मन्त्रालयको जिम्मेवारी पनि आफैँले लिएका पौडेलका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए ।
बुधबार प्रदेश मन्त्रीपरिषद बैठकमा मुख्यमन्त्री पौडेल र मन्त्री स्थापितबीच भनाभन भएपछि उनलाई बर्खास्त गर्ने तयारी भएको थियो ।
मुख्यमन्त्रीसँग भनाभन भएपछि मन्त्री स्थापित हेटौंडाबाट लगत्तै काठमाण्डु आएका थिए । मुख्यमन्त्री पौडेल प्रधानमन्त्रीलाई भेटेर उनलाई बर्खास्त गर्ने योजनासहित बिहिबार नै काठमाण्डु आएका थिए ।
नेपाल संघीय संरचनामा गएपछि पहिलो पटक बनेको प्रदेश सरकारबाट बर्खास्त भएका मन्त्री स्थापित पहिलो मन्त्री हुन् ।
प्रतिक्रिया