काठमाण्डु – भारतीय लोकसभा निर्वाचन २०२४ को नतिजा सार्वजनिक भइसकेपछि अब नयाँ सरकार बनाउने दौड सुरु भएको छ ।
निर्वाचनमा होमिएकामध्ये भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए गठबन्धनले बहुमत ल्याएको छ भने विपक्षी इन्डिया गठबन्धनले बहुमत पुर्याउन सकेन ।
एनडीएले २९२ सिट जितेको छ भने इन्डिया २३४ सिटमै सीमित भएको छ । बहुमत प्राप्त गठबन्धन एनडीएले प्रधानमन्त्री नरेन्द्र मोदीलाई संसदीय दलको नेता निर्वाचित गरेको छ ।
यसअघि मोदीले राष्ट्रपतिलाई भेटेर प्रधानमन्त्री पदबाट राजीनामा बुझाइसकेका छन् । प्रधानमन्त्री मोदीको राजीनामा स्वीकृत र लोकसभा संसद् भंग गरिएको छ ।
अबको नयाँ संसद्को अंकगणितअनुसार सरकार बनाउन एनडीएको बैठक बसेर मोदीलाई दल नेता चयन गरेको छ ।
बैठकमा गठबन्धनका प्रभावशाली नेताहरू चन्द्रबाबु नायडू, नीतीश कुमार, एकनाथ शिंदे, जीतनराम माझी, पवन कल्याण, अनुप्रिया पटेल, प्रफुल पटेल, चिराग पासवान, कुमारस्वामी, जयन्त चौधरी सहभागी थिए । एनडीएको तर्फबाट मोदीले प्रधानमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् ।
प्रतिक्रिया