प्रधानमन्त्रीलाई आजै डिस्चार्ज गर्ने तयारी, उपचार खर्च ५० हजार लाग्यो

प्रधानमन्त्रीलाई आजै डिस्चार्ज गर्ने तयारी, उपचार खर्च ५० हजार लाग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार खर्च बाहिरिएको छ । सोमबारदेखि टिचिङ अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको उपचारमा अहिलेसम्म ५० हजार खर्च भएको हो ।

मनमोहन कार्डियोथोरासी भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगन्ज टीचिङमा उपचाररत प्रधानमन्त्री ओलीको आज शुक्रबार सम्मको उपचार खर्च ५० हजार को हाराहारीमा पुगेको हो ।

डा अरुण सायमीले भने, ‘आज साँझसम्म डिस्चार्ज हुने ९० प्रतिशत सम्भावना भएको हुँदा डिस्चार्जको समयसम्म कति खर्च लाग्यो भन्ने बरेमा केही दिनमा जानकारी गराउनेछौ ।’

अहिले प्रधानमन्त्री ओलीलाई भर्ना गरिएको दैनिक वेड चार्ज २५ सय र ५ दिनसम्म चलाइएको एउटा एन्टिबायोटिकको मूल्य रु १० परेको अनुमान गरिएको छ भने अन्य सामान्य शुल्कमा पाईने औषधी प्रयोग गरेको डा. सायमीले बताए ।

डिस्चार्जपछि प्रधानमन्त्रीको उपचार खर्चको बिल सरकारलाई बुझाए पछि अस्पतालले खर्च पाउने जनाइएको छ ।