ब्रिजटाउन – टी–२० विश्वकपमा आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले ओमानलाई ३९ रनले पराजित गरेको छ । समूह बी अन्तरगतको खेलमा १ सय ६५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १ सय २५ रन मात्र बनाउन सक्यो ।
ओमानका लागि आयान खानले सर्वाधिक ३६ रन बनाए । मेहरान खानले २७, अकिब इलियासले १८, शकिल अहमदले ११ रन जोडे ।
खेलमा अलराउन्ड प्रदर्शन गरेका अस्ट्रेलियाका मार्कस स्टोइनिसले ३ विकेट लिए । उनले ३ ओभर बलिङ गर्दै मात्र १९ रन खर्चिए । स्टोइनिस टी–२० अन्तर्राष्ट्रिय खेलमा अर्धशतक र तीन विकेट लिने मात्र तेस्रो खेलाडी बने । नाथन इलिस, एडम जाम्पा र मिचेल स्टार्कले २–२ विकेट हात पारे ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो । टोलीका लागि ओपनर डेभिड वार्नर र मार्कस स्टोइनिसले अर्धशतकीय इनिङ्स खेले ।
स्टोइनिसले ३६ बलमा ६७ रन जोडे । वार्नरले ५१ बलमा ५६ रनको योगदान दिए । कप्तान मिचेल मार्सले १४ तथा ट्राभिस हेडले १२ रन बनाए । ओमानका लागि मेहरान खानले २ तथा बिलाल खान र कलिमुल्लाहले १–१ विकेट हात पारे ।
प्रतिक्रिया