दक्षिणकालीको केराबारी खोंचमा भेटिएका दुवै शवको पहिचान

दक्षिणकालीको केराबारी खोंचमा भेटिएका दुवै शवको पहिचान


काठमाण्डु – काठमाण्डुको दक्षिणकाली नगरपालिका–८ स्थित केराबारी खोंचमा मोटरसाइकलसहित सडकबाट खसेर मृत्यु भएका दुई जनाको पहिचान भएको छ ।

मृत्यु हुनेमा धादिङको सिद्धलेख गाउँपालिका–५ घर भएर भक्तपुर बस्ने ४२ वर्षीय रामचन्द्र खनाल र चाँगुनारायण नगरपालिका –५ भक्तपुर बस्ने ३२ बर्सिया सरिता राई रहेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

दक्षिणकाली सडकबाट करिब दुई सय मिटर तल भीरमा उनीहरुको शव भेटिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ । शव नजिकै बागमती प्र ०३–०२–००७ प ३८१२ नम्बरको मोटरसाइकल पनि भेटिएको छ ।

नेपाल प्रहरीको विपद् व्यवस्थापन टोली भीरबाट शव निकाल्न जुटेको जानकारी दिए ।