टी-२० विश्वकप : वेष्टइन्डिजले युगान्डालाई १३४ रनले हरायो

टी-२० विश्वकप : वेष्टइन्डिजले युगान्डालाई १३४ रनले हरायो


काठमाण्डु – टी – २० विश्वकप २०२४ मा वेष्टइन्डिजले युगान्डालाई फराकिलो अन्तरले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको छ । प्रोविडेन्समा आइतबार बिहान भएको खेलमा वेष्टइन्डिजले दिएको १७४ रनको लक्ष्य पछ्याएको युगान्डा १२ ओभरमा मात्र ३९ रन बनाएर अलआउट भयो ।

युगान्डाका जुमा मियागीले अविजित १३ रन बनाउनुबाहेक अन्य कसैले पनि दोहोरो अंकमा रन जोड्न सकेनन् ।

युगान्डालाई सस्तैमा समेट्ने क्रममा वेष्टइन्डिजका अकिल हुसैनले एक्लै ५ विकेट लिए । यस्तै, अल्जारी जोसेफले २, रोमारियो शेफर्ड, आन्द्रे रसेल र गुडाकेश मोतीले एक, एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेष्टइन्डिजले ५ विकेटको क्षतिमा १७३ रन बनाएको थियो ।

वेष्टइन्डिजका जोनसन चार्ल्सले ४४, आन्द्रे रसेलले ३०, रोभम्यान पावेलले २३, शेरफेन रदरफोर्ड र निकोलस पुरनले २२, २२, ब्रेन्डन किंगले १३ र रोमारियो शेफर्डले ५ रन जोडे ।

युगान्डाका ब्रायन मसाबाले २, दिनेश नाक्रानी, कसमस केइवुता र अल्पेश रामजानीले एक, एक विकेट लिए ।