भारतले तेस्रो ओभरमा दुई विकेट गुमायो, रोहित पनि आउट

भारतले तेस्रो ओभरमा दुई विकेट गुमायो, रोहित पनि आउट


काठमाण्डु- आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आइतबार भइरहेको खेलमा भारतका ओपनर रोहित शर्मा र विराट कोहली आउट भएका छन् । दोस्रो ओभरमा विराट आउट हुँदा तेस्रो ओभरमा रोहित पनि आउट भएका हुन् ।

विराटलाई पाकिस्तानका फास्ट बलर नसिम साहले दोस्रो ओभरमा क्याच आउट गराउँदा रोहितलाई पनि फास्ट बलर साहिन अफ्रिदीले क्याच आउट गराउन सफल भए ।