नेपाल र श्रीलंकाको खेल रद्द भएपछि प्रशिक्षक देशाइले के भने ?

नेपाल र श्रीलंकाको खेल रद्द भएपछि प्रशिक्षक देशाइले के भने ?


काठमाण्डु- नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टि देशाइले आइसीसी टी २० विश्वकप अन्तर्गत समूह चरणको दोस्रो खेलमा श्रीलंकालाई पराजित गरेर अंक जोड्न चाहेको बताएका छन् ।

फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा वर्षाका कारण खेल रद्द हुँदा नेपाल र श्रीलंकाले १-१ अंक बाँडेपछि पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक देशाइले खेलेर नै अंक जोड्ने नेपालको चाहना रहेको बताएका हुन् ।

‘हामीले अंक त जोड्यौं, तर हामी खेलेर अंक जोड्न चाहन्थ्यौं । मैदानको अवस्थाका कारण खेल सम्भव भएन । एकतर्फ पानी धेरै थियो र उपलब्ध सामग्री र व्यक्तिले खेल गराउन सक्ने अवस्था भएन । तर हामी खेल्न नै चाहन्थ्यौं,’ उनले भने ।

त्यस्तै उनले प्रशिक्षक देशाइले खेल नहुने अवस्थामा पनि दर्शक आएकोमा धन्यवाद दिए । ‘हामी ऋणी छौं । समर्थकहरुले हामीलाई विश्वको जुनसुकै कुनामा पनि साथ दिनुभएको छ । वहाँहरुको साथको लागि धन्यवाद’,’ उनले भने।

नेपालले अब वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा दक्षिण अफ्रीका र बंगलादेशसँग आफ्ना बाँकी दुई खेल खेल्ने छ ।